गृष्मालाई ‘बेस्ट मोडेल’ अवार्ड



काठमाडौँ,१३ साउन । दोश्रो क्रियटीभ इन्टरनेशनल म्युजिक अवार्ड–२०२५ की मोडल तथा नृत्याङ्गना गृष्मा पौडेलले‘बेष्ट मोडल’को अवार्ड पाएपछि पुराना संघर्षका दिन सम्झिएकी छिन्।

शनिवार नेपाल पुलिस क्लब,काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको‘मिसेस ब्युटीफुल नेपाल’ को नवौं तथा मिस ब्युटिफुल नेपालको दशौं संस्करणको ग्राण्ड फिनालेको अवसरमा आयोजित विशेष कार्यक्रममा पौडेललाई बेष्ट मोडलको अवार्डले सम्मान गरिएको हो ।

शनिवार काठमाडौंमा सम्पन्न कार्यक्रममार्फत गृष्मा पौडेललाई ‘दिलको लुटेरा बोलको’गीतबाट बेष्ट मोडलको अवार्ड प्रदान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्