खोटाङ:नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा कसजु
केदार बस्नेत काठमाडौं।नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ खोटाङको अध्यक्षमा मिलन कसजु निर्विरोध चयन भएका छन् । बी:पी स्मृति भवन दिक्तेलमा बुधबार आज सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनले कसजु निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा सागर राई, महिला उपाध्यक्षमा वविता खत्री, सचिवमा विरेन गुरुङ, सहसचिवमा श्याम कुमार पौडेल र कोषाध्यक्षमा किरण राई चयन भएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका पुर्व नगरप्रमुख तथा नेका जिल्ला कार्यसमिति खोटाङका उपसभापति इवन राईको प्रमुख आतिथ्यता एवं लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य तथा खोटाङ प्रतिनिधि बेदप्रसाद वनको बिशेष उपस्थितिमा उद्घाटन तथा प्रथम जिल्ला अधिवेशन सम्पन भएको लो.खे.संघ खोटाङले जनाएको छ।
कार्यक्रममा जि.का.सका पदाधिकारी तथा सदस्यहरु महाधिवेशन तथा महासमिति सदस्यहरु भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु एवं भिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्तिथिमा प्रदेश प्रतिनिधि समेत नियुक्त गरिएको छ।

