राजेन्द्र सुवाल र विपना शाक्यको गीत ‘तिम्रो यादमा’ को भिडियो सार्वजनिक
काठमाडौं,१७ असार । बिआर प्रोडक्सनको प्रस्तुतिको रुपमा तयार भएको नयाँ नेपाली गीतको म्युजिक भिडियो “तिम्रो याद” को सोमबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।

वरिष्ठ गायक जुजुकाजी रंजितको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्येक्रममा नेवा : दे दबूका अध्यक्ष पवित्र बज्राचार्य,अग्रज सिने पत्रकार विजय रत्न असंबरे,वरिष्ठ संगीतकार बुद्ध सायमी,गीतका रचनाकार पवन कुमार बुढाथोकी ,ख्यातिप्राप्त फोटोग्राफर राजभाइ सुवालले सो भिडियो बारे मन्तव्य राखेका थिए कार्येक्रममा दबु प्याखं जगतका लोकप्रिय पुराना कलाकार एवं गायक राजेन्द्र सुवालका पिता पन्चरत्न महर्जन सुवालको लगाएतको विशेष उपस्थिति उपस्थिति रहेको थियो ।
राजेन्द्र सुवाल र बिपना शाक्यको सुमधुर आवाजमा रहेको यस गीतमा पवन कुमार बुढाथोकीको रचना,बरिष्ठ संगीतकार बुद्ध सायमीको संगीत रहेको छ।
सुरेन्द्र मानन्धरको साथमा शिवानी बज्राचार्य को निर्देशन र इन्द्र मानन्धर को सम्पादन रहेको यस यस म्युजिक भिडियोमा किरण जोशी र भिन्तुना जोशीको अभिनय रहेको छ । सार्वजनिक कार्येक्रम पश्चात यो भिडियो अडियो नेपाल युट्युबमा अपलोड गरिएको छ ।

