राजेन्द्र बजगाईंको गीत ‘खै त मायाले कुरा बुझेको’ सार्बजनिक
काठमाडौं,३१ जेठ । पछिल्लो समय राजेन्द्र बजगाईंको संगीत तथा संगीत संयोजनमा एकपछि अर्को गीतको भिडियो सार्वजनिक भइरहेको छ ।

यसै क्रममा गायिका शर्मिला बर्देवा र प्रमोद शर्माको स्वरमा‘खै त मायाले कुरा बुझेको’ गीतको भिडियो सार्वजनिक भएको हो । यसमा दिनेश राज पुरीको शब्द रहेको छ ।
स्टुडियो २१,म्युजिक किचन र स्टनवेल स्टुडियो लण्डनमा रेकडिङ्ग गरिएको गीतको मिक्स माष्टरिङ्ग मनोज परियारले गरेका हुन ।
सियोन श्रेष्ठको नृत्य तथा निर्देशन रहेको गीतको भिडियोमा शुधिर श्रेष्ठ,बिना रावत,श्री स्वस्थानी तामाङ्ग लगायतको अभिनय रहेको छ ।
छायाकंन करन चैसीर,सम्पादन तथा कलर शिलन लम्सालले गरेका हुन् ।‘खै त मायाले कुरा बुझेको’बोलको गीतलाई म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

