पूर्बमन्त्री केसी चीन जाँदै



केदार बस्नेत,काठमाडौ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता बलबहादुर केसीबीच भेटवार्ता भएको छ।

चीनको औपचारिक भ्रमणमा जान लाग्नुभएका पुर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य केसीले सभापति एवं पुर्व प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुभएको हो।भेटमा देउवालाई केसीले चीन भ्रमणका बारेमा जानकारी गराईएको बुझिएको छ।

यस्तै देशको पछिल्लो राजनीतिक घटनाक्रम लगायत विविध विषयमा समेत छलफल भएको छ।नेता केसीले नेतृत्व गर्ने भ्रमण टोलीमा धर्मपत्नी तथा कांग्रेस नेत्री रीना उप्रेती केसी केन्द्रीय नेता पूर्वमन्त्री एवं सांसद जिल्ला सभापति लगायत रहने बुझिएको छ।

राजधानी बेईजिङमा रहदा सरकारी पदाधिकारीका साथै कम्निष्ट पार्टीका नेतृत्वहरुसग भेटघाट छलफल हुनेछ।त्यसैगरी बेइजिङमा भैरहेकाे सांस्कृतिक कार्यक्रम,तथा प्रविधिमैत्री पार्टी संगठन निर्माण गतिविधिको जानकारी लिईने समेत कार्यक्रम रहेको छ। राजधानी बेइजिङपछि गाेन्डाेङ प्रान्तमा भइरहेको आधुनिक विकास नमुनाकाे अवलोकन र प्रविधिमैत्री पार्टी संगठनकाबारे जानकारी लिने र दुबै देशका पार्टीका गतिविधिहरुका बिषयमा समेत नेतृत्वहरुका बिचमा अनुभवहरु आदनप्रदान गरिने कार्यक्रम रहेको केसीका प्रमुख स्वकीय सचिव वेदप्रसाद वनले रहस्य खबरलाई जानकारी दिनुभयो।

चीन सरकार तथा चीनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा केसी त्यसतर्फ जान लाग्नुभएको हो।केसीले नेता शेखर कोईराला र महामन्त्री गगनकुमार थापासँग पनि भेटघाट गरि छलफल गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्