वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत,अन्य पदमा जुटेन सहमति



काठमाडौं,२३ जेठ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओलीलाई नयाँ अध्यक्षका रूपमा चयन गरिएको हो ।

निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले दोहोरिन अस्वीकार गरेपछि नयाँ नेतृत्वका लागि पुष्प ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौरागलगायत आकांक्षीको चर्चा भएको थियो ।

पुष्प ओली २०४३ साल पुस ७ गते दाङको पवननगरमा जन्मिएका हुन् । २०५७ सालदेखि अनेरास्ववियु (क्रान्तिकारी) हुँदै राजनीतिमा सक्रिय रहेका ओली २०५९ सालमा पार्टीको पूर्णकालीन सदस्य बनेका थिए ।

अन्य पदमा वाईसीएल नेताहरूबिच सहमति जुट्न नसकेपछि विधान संशोधन गरिएको छ । संशोधन गरिएको नयाँ विधानमा ७१ जना पदाधिकारी र ३७१ केन्द्रीय समिति रहेको छ । यसअघि विधानमा ३१ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था थियो ।

अन्य पदमा आकाङ्क्षीबिच सहमति नहुँदा विधान संशोधन गरेर समस्याको हला खोजिएको वाईसीएलका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्