निर्माता संघ र डिजिटल सिनेमाबीच भिपिसी शुल्क घटाउने सहमति



काठमाडौं २३ जेठ । नेपाल चलचित्र निर्माता संघ र डिजिटल सिनेमा नेपालबीच भिपिसि शुल्क घटाउने सहमति भएको छ।

केही साता लामो संवाद र छलफलपछि सो सहमती भएको हो। श्रावण १ गतेबाट निर्माताहरूले साविकमा तिर्दै आएको शुल्कमा करिव २५ प्रतिशत कम शुल्क तिर्नुपर्ने भएको छ भने अन्तराष्ट्रिय प्रदर्शनको प्याकेज शुल्कमा ३०,००० हजार कम तिर्नुपर्ने भएको छ ।
यस्तै नवल खड्का अध्यक्ष रहेको निर्माता संघले ५०,५० प्रतिशत शेयर बाडफाँट, ३ः३० मिनेटसम्मको फ्रि ट्रेलर लगायतको सहमति सम्पन्न गरिसकेको र निर्माताहरूले यसको लाभ लिइरहेका छन् । साथै चलचित्र विद्येकलाई चलचित्र उद्योग मैत्री बनाउँदै स्वसाशीत बोर्डको रुपमा स्वायत्तता प्रदान गर्नको लागि चलचित्र निर्माता संघको प्रयास जारी रहेको र चलचित्र सम्बद्ध संघसंस्थाहरूसंग सहकार्य सहित अगाडि बढिरहेको छ ।

चलचित्र निर्माताका पक्षमा संघले निरन्तर कार्य गरिरहेको अध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्