काँगेलस्थित ठुलढुङ्गा आधारभूत विद्यालयका १७ विद्यार्थीलाई झोला बितरण



सोलुखुम्बु,११ जेठ । थुलुङ दूधकोशी गाउँपालिका वडा नं २ काँगेलस्थित ठुलढुङ्गा आधारभूत विद्यालयमा अध्ययनरत करिब १७ बिद्यार्थीलाई स्कुल ब्याग बितरण गरिएको छ ।

जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाको प्रमुख आतिथ्यमा आईतवार सप्पन्न कार्यक्रममा विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको हो।

कार्यक्रममा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि नवीन थापा ,तरुण दलका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस प्रदेश सभा ‘क’ सोलुखुम्बुका प्रवक्ता अश्विनबाबु थापा,नेपाली कांग्रेस काँगेलका वडा सभापति भिमबहादुर बस्नेत,कांग्रेस नेता पोस्ट राज काफ्ले,खगेन्द्र बस्नेत लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम विद्यालय ब्यबस्थापन समिति सदस्य बालकुमार भुजेलको सभापतित्वमा सम्पन्न भएको काँगेलका कार्यबाहक अध्यक्ष नवीन बस्नेतले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्