निराशालाई आशामा बदलौं : गृहमन्त्री लेखक,कांग्रेस विधान अनुसार चलेन : नेता केसी



केदार बस्नेत काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश लेखकले निराशाले दुर्घटना तर्फ लैजाने बताउनुभएको छ।गृहमन्त्री लेखकले राजनीतिमा निराशाबढी र आशा कम भयो भने धेरै समस्या आउने बताउनुभएको हो।

नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेश सभा`क´को प्रथम ऐतिहासिक सम्मेलनलाई प्रमुख अतिथिको आसनबाट थुलुङ दुधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा आज शनिबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै लेखकले सो कुरा बताउनुभएको हो।नेताहरूलाई आपसमा विवाद कलह नभै एकताका साथ अगाडि बढ्न अनुरोध गर्नुभयो ।

प्रतिस्पर्धा गर्दा पात्र हेरेर मैदानमा उत्रनुपर्ने र त्यो पार्टीमा भएपनि अरुसँग गर्दा एक भएर जानपर्ने धारणा राख्नुभयो।जनतालाई आशा जगाउँने काममा अहिलेको सरकार निरन्तर लागिपरेको लेखकको भनाई छ।”अर्थतन्त्रमा निकै सुधार भएको छ, दशकौंदेखि रोकिएर बसेका कानुनहरुको निर्माण गरेका छौँ, यो उपलब्धि हो, तर सोचेजति कार्य भने १० महिनाको अवधिमा हुन नसकेको लेखकको धारणा रहेको छ।”यो सम्मेलनले थप एकताको सन्देश दिएको गृहमन्त्री लेखकको धारणा रहेको छ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा ने.का केन्द्रीय सदस्य एवं पुर्वमन्त्री बलबहादुर केसीले राजनीति भर्खर सिक्दै गरेकाहरुले चुनौती दिन खोज्नु हास्यास्पद रहेको धारणा राख्नुभयो।”कांग्रेसमा ५२ वर्ष लगानी गरेको छु,मलाई कांग्रेसको राजनीति कसैले नसिकाए हुन्छ”अंकमाल गर्दिनुस भनेपछि आंगेलु जिसँग धेरै पटक अंकमाल गरे तर उहाँले व्यवहारत लागु गर्नुभएन केसीले दु:ख व्यक्त गर्दै सो कुरा कार्यकर्ताका माझ राख्नुभएको हो।

जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पालाई सबैले सभापति स्वीकार गरेका छैन्न उहाँ कसैकसैको मात्र सभापति हो भन्दै शेर्पाप्रति केसीले कडा टिप्पणी गर्नुभयो।शेर्पाले जिल्ला सभापतिको निर्वाचनमा अथाह पैसा बाडेर सभापति बनेको समेत ठोकुवा गर्नुभयो।क्रियाशिल सदस्यता वितरण तथा नवीकरणमा पनि त्यो काम शेर्पाबाट भएको गम्भीर आरोप समेत लगाउनुभयो।पुर्वमन्त्री केसीले पुच्छरले शरीर हल्लाउने कि शरिरले पुच्छर त्यो नेताहरूमा राम्रो ज्ञान नभएको बताउनुभयो।

कांग्रेसप्रति देशैभरि वितृष्णा भएको कुरा शेरबहादुर जिले पनि स्वीकार गरिसक्नुभएको छ।पार्टीलाई मजबुत बनाउन विधान अनुसार चल्नपर्ने धारणा राख्नुभयो।विधानविपरीत अनेकन निर्णय गर्ने २१ जिल्लाहरुमा सोलुखुम्बुपनि परेकाले आफुहरुले केन्द्रमा राखेको मागको चाडो सुनुवाइ हुनपर्ने धारणा राख्नुभएको उहाँका स्वकीय सचिव तथा नेता वेदप्रसाद वनले जानकारी दिनुभयो।

प्रदेश सभा `क´ले जस्तै कार्यक्रम गरेर देखाउँन प्रदेश सभा`ख´का सभापति कर्मा शेर्पा,नेताहरु आंगुले शेर्पा र नाम्गेल जाङ्बु शेर्पालाई सुझाव दिनुभयो।

कार्यक्रममा केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आंगुले शेर्पा,जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा,पुर्व जिल्ला सभापतिहरु,जिल्ला कार्यसमितिका पदाधिकारीहरु,महाधिवेशन प्रतिनिधिहरु,पालिका सभापतिहरु,निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरु भातृ तथा शुभेच्छुक संघका नेताहरूले आआफ्नो धारणा राखेको नेपाल विद्यार्थी संघका अध्यक्ष बिभुषण राईले रहस्य खबरलाई जानकारी दिनुभयो।

कार्यक्रममा आमनिर्वाचन २०७९ मा संघीय निर्वाचनमा पार्टीका उम्मेदवार केसीलाई हराउँन विभिन्न प्रपञ्च रचिएको देखि विपक्षी खेमाको नेतृत्व गरेका नेताहरु निर्वाचन लक्षित कार्यक्रममा सहभागी नभएको लगायत अनेकन विषयले प्रवेश पाएको प्रदेश सभा`क´ले जनाएको छ।ऐतिहासिक सम्मेलनले विविध विषयको निराकरणलाई बन्द सत्र मार्फत टुंगोमा पुर्याउँने र एकता सन्देश प्रवाह गर्ने बताएको छ।

प्रदेश सम्मेलनको गृहमन्त्री लेखक र पुर्वमन्त्री केसीले संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्वाटन गर्नुभएको थियो।उद्वाटन सत्र गृहमन्त्री लेखकको प्रमुख आतिथ्यता तथा नेचासल्यान गाउँपालिका अध्यक्ष तथा प्रदेश सभा`क´का सभापति धनजन राईको सभापतित्वमा सप्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्