हावाहुरीले रुख ढाल्दा च्यापिएर सुनवलमा दुई जनाको मृत्यु,तीन जना घाईते



काठमाडौं,२ जेठ। पश्चिम नवलपरासीको सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापिएर दुई जनाको मृत्यु भएको छ। चितवनलगायत मध्य तराईका विभिन्न स्थानमा भीषण हावाहुरी चलिरहेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।

रुखले च्यापेर सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

हावाहुरीसहित आएको पानीबाट जोगिन प्रतीक्षालयमा ओत लागेका बेला उनीहरूलाई रुखले किचेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।त्यस्तै, रुखले च्यापेर तीन जना घाइते भएका छन्।

चितवनमा पनि हावाहुरीले जनजीवन प्रभावित भएको स्थानीयहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्