आगामी आमनिर्वाचनमा माओवादी केन्द्र एक नम्बर पार्टी बन्ने प्रचण्डको दावी



काठमाडौँ, १४ बैशाख। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीको पक्षमा देशैभर माहोल बन्दै गएकोले आगामी आमनिर्वाचनमा माओवादी एक नम्बर पार्टी बन्ने दावी गरेका छन्।

तराई मधेश जागरण अभियानअन्तर्गत बाँकेको राप्ती सोनारीस्थित फत्तेपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध लडाइँ लड्ने पार्टी माओवादीमात्र भएको दावी पनि गरे।

एक नम्बर पार्टी बनेर देशको नेतृत्व लिएको अवस्थामा ७ महिनामै नेपालको रुप बदल्ने उनको भनाई थियो।

‘तपाईँहरूले एकपटक संकल्प गरिदिनुभयो भने ७ महिनामै देशको रुप बदल्न सक्छौँ। जनताको नेपाल बनाउन सक्छौँ’, उनले भने, ‘यही अपिल गर्न चाहन्छु, प्रतिगामी र षडयन्त्रलाई परास्त गर्दै जनताको एकता र तागतको बलमा ०८४ मा हामी विजयी बन्नैपर्छ।’ file foto

प्रतिक्रिया दिनुहोस्