सहकारी ठगी आरोपमा पक्राउ परेकी कांग्रेस सांसद राईलाई आज अदालत पेश गरिंदै



काठमाडौं,१४ बैशाख । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई आज अदालतमा पेश गरिने भएको छ।

पक्राउ पुर्जी जारी भइसके उनलाई पक्राउ नगरिएको भन्दै चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार साँझ कपनस्थित आफ्नै घरबाट उनलाई पक्राउ गरेको थियो।रकम अपचलनमा मुद्दा चलाउन सिफारिस भइसकेकोले आइतबार नै अदालत उपस्थित गराउन लागिएको प्रहरी श्रोतले जनाएको छ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राईलाई भने यो मुद्दामा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा संलग्न रहेको आरोप लागेको छ । उनी आर्थिक वर्ष २०७३र०७४ र आर्थिक वर्ष २०७४र०७५ देखि २०७५र०७६ सम्म उक्त सहकारीको सञ्चालक समितिमा थिइन् ।

सहकारीको रकम हिनामिनाका सम्बन्धमा प्रहरीले विभिन्न व्यक्तिविरुद्ध गत पुसमै जिल्ला अदालतमा मुद्दा लगेको थियो । प्रहरीको थप अनुसन्धान पनि चलिरहेको छ । सहकारीको रकम हिनामिनामा संलग्नमाथि अनुसन्धान सुरु भएदेखि सांसद राई सार्वजनिक कार्यक्रममा देखिएकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस्