आज शिक्षकहरुले रक्तदान गर्ने,चिकित्सकहरुले जिल्ला प्रशासन र मन्त्रालय घेराउ गर्दै



काठमाडौँ,११ बैशाख । २३ दिन यतादेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले आज वृहत खुला रक्तदान गर्ने भएका छन्।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार महासंघको आयोजनामा बिजुलीबजारको (आर्क पुल) मा ११ गते दिउँसो २ बजे रक्तदान गर्न लागेको हो।

चैत २० गतेदेखि देशभरका शिक्षक/कर्मचारीहरू शिक्षा विधेयक जारी गर्न माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन्।

उता, नेपाल चिकित्सक संघ आवद्ध काठमाडौं बाहिरका डाक्टरले आज जिल्ला प्रशासन कार्यालय र काठमाडौं उपत्यकाका डाक्टरले स्वास्थ्य मन्त्रालय घेराउ गर्ने भएका छन् ।

चिकित्सक संघको विस्तारित कार्यसमिति र आवासीय चिकित्सकको छलफलले उक्त निर्णय गरेका हो ।बुधबार पत्रकार सम्मेलन कार्यकारी सदस्य तेत्छु मल्ल भने, ‘निजी मेडिकल कलेजमा काम गर्ने डाक्टरले आकस्मिक बाहेक सम्पूर्ण काम संघर्षमा आउन अनुरोध गर्दछौं ।’

साथै २४ घन्टाभित्र माग कार्यान्वयन नभए आकस्मिक बाहेकका सेवा रोक्ने संघले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्