मिश्र र प्रसाईसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं,१० बैशाख।काठमाडाैंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र सोही प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलगायतलाई ३ दिनको म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाई र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने प्रयोजनका लागि हिरासतमा राख्न प्रहरीलाई थप ३ दिनको अनुमति दिएको हो।

१५ चैतमा तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो भने विभिन्न स्थानमा आगजनी गरिएको थियो । उक्त घटनामा पक्राउ परेकामध्ये ८५ जना हिरासतमा छन्। ६१ जनामाथि आपराधिक उपद्रवको कसुरमा अनुसन्धान चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्