बाबुले धारिलो हतियार प्रहार गर्दा घाइते थुलुङ दुधकोशीकी ५ बर्षीय बालिकाको हेलिकप्टरबाट उद्दार



सोलुखुम्बु,४ बैशाख।आफ्नै बाबुले टाउकोमा धारिलो हतियार प्रहारबाट घाइते भएकी थुलुङ दुधकोशी गाउँपालिका वडा नं ९ लोखिमकी ५ वर्षीय बालिकालाई थप उपचारका लागि काठमाडौ पठाईएको छ ।

टाउकोमा लागेको गम्भीर चोटका कारण अत्यधिक रक्तश्राव भएका कारण स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि गाउँपालिकाको समन्वयमा हेलिकप्टर चार्टर गरि उनलाइ सघन उपचारका लागि काठमाडौ पठाइएको हो ।

आफ्नै बाबु चमकुमार तामाङले बालिकाको टाउकोमा धारिलो हतियार प्रहार गरि घाईते बनाएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक द्धारिकाप्रसाद घिमिरेले जानकारी दिए । फरार तामाङलाई प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्