दुर्गा प्रसाईले गरे भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
काठमाडौँ,२८ चैत।चै१५ गतेको तीनकुने घटनापछि फरार रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

राजसंस्था पुनर्स्थापना जन आन्दोलन समितिद्वारा चैत १५ गतेको आन्दोलनका कमान्डर तोकिएका प्रसाईंले हिंजोमात्रै ज्यानको सुरक्षा हुने भए गिरफ्तारी दिन तयार रहेको भिडियो सन्देशमार्फत सार्बजनिक गरेका थिए । उनलाई आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बुझिएको छ।

