तीनकुने घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई प्रसाईले ५/५ लाख दिने



काठमाडौं,२७ चैत । राष्ट्र,राष्ट्रियता तथा नागरिक बचाउ महाअभियानका संयोजक एबम् गत चैत १५ गतेको राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईले तीनकुने घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई ५/५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

तीनकुने घटनापछि फरार रहेका प्रसाईंले बुधबार सांझ एक भिडिओ सन्देश सार्वजनिक गर्दै सो घोषणा गरेका हुन्।केही दिनमा आफू सार्बजनिक भएपछि घरमै पुगेर परिवारलाई आर्थिक सहयोग गर्ने उनको भनाई छ।तीनकुने घटनामा पत्रकार सुरेस रजक र सबिन महर्जनले ज्यान गुमाएका थिए।

प्रधानमन्त्री केपी ओली,माओवादी अध्यक्ष प्रचण्ड र राजाबादी पार्टीका एकजना नेताबीच १४ गते राति दुर्गा प्रसाईलाई सिध्याउनुपर्छ भन्ने गोप्य बार्ता भएको दावी गर्दै प्रसाईंले सोही कारण आफू ज्यान जोगाउनका लागि लुक्न बाध्य भएको बताएका छन्।आफ्नो जीवनको ग्यारेन्टी गर्ने हो भने आफू उपस्थित हुन तयार रहेको उनले बताए।

दुर्गा प्रसाईँले मानवअधिकारवादीहरुको रोहबरमा सार्वजनिक हुन तयार रहेको बताएका छन् । उनले भर्खरै आफू नभागेको तर जोगिएर बसेको बताएका छन् । पेरूमा नेता गोन्जालोलाई मारेर त्यहाँको आन्दोलन नै समाप्त पारिएको स्मरण गराउँदै उनले त्यसकारण आफू जोगिएर बसिरहेको बताएका छन् ।

‘मेरा वकिलहरु ध्रुबलाल श्रेष्ठ, स्वागत नेपाल, टंक दुलाल, सुशिल पन्त, रमण श्रेष्ठ, डा.सुरेन्द्र भण्डारी, डा.भीमार्जुन आचार्य र मानवअधिकारवादीको रोहबरमा हो भने म २४ घण्टाभित्र उपस्थित हुन तयार छु,’– उनले भनेका छन् ।

साथै, तीनकुनेको हिंसात्मक प्रदर्शनको क्रममा मृत्यु भएको दुई जनाको परिवारलाई पाँच/पाँच लाख आर्थिक सहयोग गर्ने पनि उनले बताएका छन् ।

सो दिन आमसभामा आफू स्टेजमा पुग्न नपाउँदै प्रहरी प्रशासनले आन्दोलन भड्काएर उग्र बनाएको उनको आरोप छ ।file foto

प्रतिक्रिया दिनुहोस्