नेकपा माओवादी केन्द्र नेचासल्यान-४ को अध्यक्षमा सुरेश राई, १९ सदस्यीय समिति गठन
डिल्ली शर्मा,सोलुखुम्बु,२६ चैत ।नेकपा(माओवादी केन्द्र) नेचासल्यान ४ नं वडाको दोस्रो वडा सम्मेलनबाट अध्यक्षमा सुरेश राई चयन भएका छन् ।

मंगलबार सम्पन्न सम्मेलनले सचिवमा लेख कुमारी राई सहितको १९ सदस्यीय ४ नं. वडा समिति गठन गरेको हो । समितिमा राम बहादुर राई,यदुनाथ कटेल र अकलमान राई उपाध्यक्ष,लेख कुमारी राई सचिब,रोहित आचार्य सहसचिव र टुल्का कुमारी भट्टराई कोषाध्यक्ष चयन भएको कुसुम स्मृति प्रतिष्ठानका अध्यक्ष एबम् नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र आरसीले जानकारी दिए।
समितिका सदस्यहरुमा लक्ष्मी मोक्तान,शान्ता राई,भोजराज कटेल हिमादेवी विक,बाल शोभा राई,दिलिप राई,डिल्लीराम बाँस्तोला सुवाचन राई,लिला राई,देशमान राई,अशोक राई र दिपेश राई रहेका छन्।सोही सम्मेलनमा नेपाली काँग्रेसका स्थानीय नेता रोहित आचार्य र शुभेच्छुक राजेश विक नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको आरसीले बताए।
वडा सम्मेलन आयोजक समितिका संयोजक सुरेश राईको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र नेचासल्यान गाउँ पार्टी इन्चार्ज केशर राईको प्रमुख आतिथ्यतामा सम्पन्न सो सम्मेलनमा पार्टी कोशी प्रदेश सदस्य अनिल राई,गाउँ पार्टी अध्यक्ष सिताराम भट्टराई,जिल्ला सचिवालय सदस्य भुपेन्द्र कटेल,गाउँ पार्टी सचिव वियस राई,माओवादी केन्द्रका युवा नेता युवराज राई,डिल्लिराम घिमिरे, बम बाँस्तोला लगायतको उपस्थिति रहेको थियो।

