नेकपा माओवादी केन्द्र नेचासल्यान वडा नं १ को दोश्रो सम्मेलन सम्पन्न,११ सदस्यीय वडा समिति गठन
डिल्ली शर्मा,सोलुखुम्बु,२५ चैत। नेकपा(माओवादी केन्द्र)ले नेचासल्यान गाउँपालिका वडा नं १ मा योग्य बहादुर राईको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिका सल्लाहकार रामेश्वर कार्कीको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न दोस्रो वडा सम्मेलनले सो समिति गठन गरेको हो।नव गठित समितिको उपाध्यक्षमा ल्हाक्पा तेन्जि शेर्पा,सचिवमा सुदिप राई,सह सचिवमा धन बहादुर मगर र कोषाध्यक्षमा तुलसा माया राउत चयन भएको कुसुम प्रतिष्ठानका अध्यक्ष एबम् नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र राउतले जानकारी दिए।समितिका सदस्यहरुमा सन्तु राई,डिक बहादुर तामाङ,बिक्रम बस्नेत,सुरकुमार राई,मान बहादुर राई,कुमारी बिक रहेको उनले बताए।
जेष्ठ सदस्य तेन्जि शेर्पाको अध्यक्षतामा सम्पन्न वडा सम्मेलनमा नेचासल्यान गाउँ पार्टी इन्चार्ज केशर राई,प्रदेश सदस्य अनिल राई, गाउँ पार्टी अध्यक्ष सिताराम भट्टराई,जिल्ला सचिवालय सदस्य भुपेन्द्र कटेल,सचिव वियस राई,माओवादी केन्द्रका युवा नेता सोहरी ढुंगाना,युवराज राई,सुजन राई,एकीकृत अखिल नेपाल शिक्षक संगठन नेचासल्यानका अध्यक्ष मनु राई लगायतको उपस्थिति रहेको थियो।

