नेकपा माओवादी केन्द्रले गठन गर्यो नेचासल्यान वडा नं- २ मा वडा समिति
डिल्ली शर्मा,सोलुखुम्बु,२५ चैत । नेकपा (माओवादी केन्द्र) नेचासल्यान-२ नं वडाको दोस्रो वडा सम्मेलनले डिकबहादुर राईको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरेको छ।

वडा सम्मेलन आयोजक समितिका संयोजक डिकहादुर राईको अध्यक्षता तथा प्रदेश सल्लाहकार रामेश्वर कार्कीको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न सम्मेलनले वडा पार्टी समिति र वाईसीएल वडा समिति चयन गरेको कुसुम प्रतिष्ठानका अध्यक्ष एबम्
नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र बहादुर राउतले जानकारी दिए।
राउतका अनुसार पार्टीको वडा समिति उपाध्यक्ष त्रयमा सिंग बहादुर राई,महेन्द्र कुमार राई,जन्मे सार्की,सचिवमा बालकुमार कार्की,सह-सचिवत्रयमा खिलकुमार दमाई,किशोर राई,किशोर कार्की र कोषाध्यक्षमा लक्ष्मी भुजेल चयन भएका छन्। यसैगरी सदस्यहरुमा सरिता राई,चण्डिका प्रसाद निरौला,मुना राई,मन्जु नेपाली,प्रबिण राई,डिक बहादुर नेवार, निरकुमार राई,किसान बाबु राई रहेको उनले बताए।
सोही सम्मेलनबाट योङ कम्युनिस्ट लिग (वाईसीएल)को २ नं वडा समिति समेत गठन गरिएको छ । वाईसीएल वडा समिति संयोजकमा भानुभक्त सार्की रहेका छन्।
सम्मेलनमा गाउँ पार्टी इन्चार्ज केशर राई,प्रदेश सदस्य अनिल राई, प्रदेश सल्लाहकार रामेश्वर कार्की,गाउँ पार्टी अध्यक्ष सिताराम भट्टराई ,कुसुम प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी.,जिल्ला सचिवालय सदस्य भुपेन्द्र कटेल,सचिव वियस राई,माओवादी केन्द्रका युवा नेता सोहरी ढुंगाना,युवराज राई,सुजन राई,बम बाँस्तोला,ओम राई साथै एकीकृत अखिल नेपाल शिक्षक संगठन नेचासल्यानका अध्यक्ष मनु राई,शिक्षक नेता मोहनमणि राई लगायतको उपस्थिति रहेको थियो।

