बल्खु सर्यो २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको आमसभा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलिको आमसभा बल्खुमा गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि राप्रपाले बल्खुमा आमसभा गर्ने भएको हो । सोमबार प्रशासनले भृकुटीमण्डपको सट्टा बल्खु वा सिफलमा २६ गतेको आमसभा गर्न राप्रपालाई आग्रह गरेको थियो।
चैत २२ गते राप्रपाले भृकुटीमण्डपमा सभा गर्नका लागि अनुमति मागेको थियो । प्रवक्ता मोहनकुमार श्रेष्ठले आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाउन आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ। प्रशासनले सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो । सरकारको रवैयाबाट बुझौं- हाम्रो आन्दोलनले उचाई लिदैंछ । आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।

