१४ बर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा राई पक्राउ
मोरङ, २४ चैत। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा लेटाङ नगरपालिका-२ बस्ने ३५ वर्षीय अनिल राई छन्।

राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

