अनेरास्ववियु सोलुखुम्बुको अध्यक्षमा कुलुङ,सचिबमा ढुंगेल
सोलुखुम्बु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु सोलुखुम्बुको अध्यक्षमा नरेन्द्र कुलुङ निर्वाचित चयन भएका छन्। शनिबार माप्य दुधकोशी गाउँपालिका खास्तापमा सम्पन्न १२ औँ अधिवेशनले कुलुङलाई सर्बसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

३१ सदस्यीय जिल्ला किमिटीको उपाध्यक्षमा मिङमा याङजी र खड्ग विक,सचिवमा देवेन्द्र ढुंगेल,सहसचिवमा मिङमा शेर्पा,चादनी राई र मिङमार शेर्पा,कार्यालय सचिवमा दावा शेर्पा,कोषाध्यक्षमा भेषकुमार विक चयन भएका छन्ला।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु केन्द्रीय समितिका सचिव मनोज चाम्ली लिम्बुकोले निर्वाचित कमिटीलाई शपथ ग्रहण गराएका थिए।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला,उपाध्यक्ष आशकुमार राई,माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई लगायतको उपस्थिति रहेको थियो।

