बार निर्बाचनको मतगणना आजै गर्ने तयारी



काठमाडौं,२३ चैत।कानुन वयवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको छ ।

देशभर मतदान केन्द्रबाट नयाँ कार्यसमितिका लागि बार सदस्यहरूले मतदान गरेका छन् । बिहान ८ बजे सुरु भएको मतदान ५ बजे सकिएको निर्वाचन समितिले जनाएको छ ।

काठमाडौं उपत्यकाको एउटा केन्द्रसहित देशभरका ३५ वटा मतदान केन्द्रमा मतदान सकिएको निर्वाचन समितिले जनाएको छ । मतदान सकिएसँगै आजै मतगणना गर्ने तयारी भएको छ ।

बारको अध्यक्षमा सत्तारुढ दलनिकट गठबन्धनको नेतृत्व गर्दै विजय मिश्र र माओवादीनिकट र रास्वपानिकट कानुन व्यवसायीको गठबन्धनबाट रमण श्रेष्ठ अध्यक्षका लागि चुनावी मैद्यदानमा छन् । २५ सदस्यीय कार्यसमितिका लागि ५७ जना चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्