‘ज्यान कान्छा’ हिमाली नाधिङ भाका सार्वजनिक



दावा जाङबु शेर्पा,काठमाडौं,१५ चैत। शेर्पा किदुग रोमानियाका सल्लाहकार कर्मु डोल्मा शेर्पा तथा गायक आशोक तामाङको संगीत र स्वरमा रहेको गीति एल्बम’ज्यान कान्छा’सार्वजनिक भएको छ।

यो गीतमा शेर्पा किदुग रोमानियाकै पूर्व उपाध्यक्ष डोमा शेर्पा तथा शेर्पा समुदायकै ख्यातिप्राप्त कलाकार नायक कुङ्गा शेर्पाको अभिनय रहेको छ। साथै, राष्ट्रिय स्तरमा प्रसिद्ध कलाकार डोमा ह्योल्मोको विशेष प्रस्तुति समेत रहेको छ। यसले शेर्पा समुदायको मौलिकता र सांस्कृतिक पहिचानलाई उजागर गर्दै नेपाली संगीतप्रेमी दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको छ।

यो संगीत भिडियो युट्युबमा सार्वजनिक भइसकेको छ। नेपाली संगीत र कलाकारहरूको सम्मान गर्दै, सबैले यो म्युजिक भिडियो हेरी,सेयर गरी,च्यानललाई सब्स्क्राईबर गरिदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्