नेपाल शेर्पा विद्यार्थी संघको बिशेष साधारणसभा चैत १६ गते हुने



दावा जाङबु शेर्पा,काठमाडौं,१३ चैत।नेपाल शेर्पा विद्यार्थी सङ्घको विशेष साधारणसभा यही चैत्र १६ गते शनिबार हुने भएको छ ।शनिबारको दिन शेर्पा संघको भवनमा हुने निर्णय भएको छ।

संघको हालै बसेको बैठकले साधारणसभा शेर्पा भवनमा निर्णय गरेको हो।अध्यक्ष छिरिङ शेर्पाले एक वर्षको कार्यकाल पूरा गरेसंगै हुन लागेको विशेष साधारण सभापछि सहअध्यक्ष फुर्वा छिरिङ शेर्पाले नेपाल शेर्पा विद्यार्थी संघको नेतृत्व गर्नेछन्।

नेपाल शेर्पा विद्यार्थी संघको १४ औं ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा बृहत सहमतिद्वारा एक-एक वर्षको आलोपालो नेतृत्वको सहमति अनुसार विशेष साधारण सभा तय भएको हो।
सङ्घको १४ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका दुई प्रत्यासीहरु छिरिङ शेर्पा र फुर्वा छिरिङ शेर्पा बीच एक-एक वर्षको आलोपालो अध्यक्ष हुने सहमति भए संगै सर्वसम्मत केन्द्रीय समिति चयन भएको थियो।

३१ बर्ष अघि २०५० सालमा आफ्नो परम्परा,भाषा,संस्कृति तथा रितिरिवाजहरुको संरक्षण एवं सम्वर्द्धन गर्नुका साथै आधुनिक शिक्षामा विधार्थीहरुलाई अग्रसर गराई उनीहरुको चौतर्फी ज्ञान क्षमता विकास गराउने उद्देश्यले निमा ग्याल्जेन शेर्पाको अध्यक्षतामा संघको स्थापना भएको थियो।

प्रतिक्रिया दिनुहोस्