पूर्ब प्रधानमन्त्री खनालद्वारा ‘मैले बुनेका रहर’ गीतको भिडियो सार्बजनिक
काठमाडौं । ‘मैले बुनेका रहर’ बोलको गीतको गीति भिडियो सार्बजनिक गरिएको छ ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यता मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सो गीति भिडियो सार्बजनिक गरिएको हो। गीतमा सुवास कुमार लाम्सालको मार्मिक शब्द, राम कार्कीको उत्कृष्ट संगीत र एरेन्ज रहेको छ भने गितारमा सबिर कार्कीको उत्कृष्ट प्रस्तुति छ।
गीतको म्युजिक भिडियोमा भूवन के.पोखरेल,कुसुम शर्मा, गोपीकृष्ण चापागाईं,श्रीधर खनाल र मान्शी शर्माले अभिनय गरेका छन्। भिडियोको निर्देशन सुरेश थापाले गरेका हुन्। क्यामेरा तथा सम्पादनको जिम्मा प्रवेश पोखरेलले सम्हालेका छन् भने कलर र पोस्टर डिजाइन सौखिन तिमल्सिनाले गरेका छन्।यस गीतको पोस्ट-प्रोडक्सन शुभ श्री क्रिएसन ले गरेको हो भने प्रोडक्सन म्यानेजरको रूपमा सुलभ थापा रहेका छन्।
सन्सा फिल्मसका अध्यक्ष सुरज खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेम नाथ अधिकारी,राष्ट्रिय जन साँस्कृतिक महासंघका सचिवालय सदस्य गायक तथा सर्जक मोतिराज खनाल,गायक खुमराज घिमिरे , गायिका पुनम बस्याल,लक्ष्मण चापागाईं,कलाकार श्रीधर खनाल निर्देशक सुरेश थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सम्योजक यसै गीतका मोडल तथा निर्माता भुवन के पोखरेल थिए ।
गीत सार्वजनिक भएसँगै श्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। प्रेम र जीवनका भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको यस गीतले श्रोताको मन छोएको प्रतिक्रिया प्राप्त भएको छ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री खनालले कलाकारहरुलाइ प्रशंसा पत्र वितरण गर्नुका साथै उपस्थित अतिथिहरु कलाकार , पत्रकार साथै विशिष्ट अतिथिहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो ।

