करिब ५ सय ४७ किलो गाँजासहित एकजना पक्राउ



महोत्तरी, ४ चैत।बर्दिबास नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४७ किलोग्रामसहित प्रहरीले आइतबार दिउँसो एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं टोखा डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ३७ वर्षीय सलिन मगर छन्।

इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा.३ ख ५८३२ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा ट्रकको माथी टिनको फल्स बटम बनाई कालो त्रिपालले छोपी लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी मिनि ट्रक चालक सलिनलाई प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्