पाँचौ एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न
काठमाडौं, ३ चैत्र । एपिक नेपाल म्युजिक अवार्ड २०८१ को पाँचौ संस्करण मध्यपुर थिमी स्थित दुई पोखरी परिसरमा हजारौको उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको छ ।

प्रथम महिला श्रीमती राधिका शाक्यको प्रमुख आतिथ्यता, आयोजक संस्थाका अध्यक्ष एमन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका बिशिष्ट अतिथिहरुमा पूर्बमन्त्री महेश बस्नेत,थिमि नगरपालिकाका निवर्तमान नगर प्रमुख मदन सुन्दर श्रेष्ठ,म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ,अभिनेता शीव श्रेष्ठ,द्वन्द्व निर्देशक राजेन्द्र खड्की लगायत रहनुभएको थियो ।
‘नेपाली कला र स्रष्टाको सम्मान,नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’भन्ने मूल नाराका साथ सम्पन्न अवार्डमा लोकसंगीतमा क्रियाशील तथा नवप्रतिभाका सर्वोकृष्ट रचनाको साथै आधुनिक,पप,लोकपप,पर्व विशेष,काँठे र देउडा,चलचित्र गरि ३२ विधामा अवार्ड प्रदान गरिएको थियो भने लाईफटाइम एचिपमेन्ट अवार्ड कलाकार बसुन्धरा भुसाललाई नगद सहित प्रदान गरियो ।
त्यसैगरी पत्रकारव्दय ऋषि धमला र ऋषि थपलियालाई नगद राशी सहित सम्मान गरिएको छ । कार्यक्रममा आख्यानकार एवं गीतकार भीष्मराज फुलारा,अभिनेता भुवन केसी र पल शाह लगायतका श्रष्टा,सर्जकलाई सम्मान गरिएको कार्यक्रम संयोजक राजेन्द्र पुरीले जानकारी गराउनु भयो । निर्णायकमा रस्मि पाण्डे,दिल बहादुर ओखेडा,सुभ्रतराज आचार्य,चन्द शर्मा,प्रकाश भट्ट रहनुभएको थियो ।
साँस्कृतिक शहर थिमिमा सम्पन्न ऐतिहासिक अवार्ड कार्यक्रम‘पाँचौ एपिक नेपाल म्युजिक अवार्ड २०८१’ मा बिभिन्न बिद्यामा लोकदोहोरी गायक अमृत खाती ‘उनिको पछ्र्यौरी’, शुष्मा शाहि ठकुरी ‘एकै रातैले’ लोकदोहोरी शब्द सुमन वैरागी ‘पिपल बोटे माया’, लोकदोहोरी लय रमेश परियार ‘वनमा खएर’ रहेका छन् भने लोकदोहोरी मोडेल पुरूष बिमल अधिकारी, मोडल महिला अस्मिता पुरी, भिडियो निर्देशक मिलन श्रेष्ठ र नृत्य निर्देशक दिपेन्द्र तिमल्सिनाले सर्वोउत्कृष्ट अवार्ड हात पार्नुभएको थियो।
त्यसैगरी म्युजिक एरेन्जर पुष्कर खत्री,भिडियो छाँयाकार उत्तम हुँमागाई र भिइडियो सम्पादक विकाश दाहालले अवार्ड उचाल्दै गर्दा सर्वोत्कृष्ट नव गायक विशाल सोनि ‘घन ठोकाई’,नव गायिका दिपिका बयाम्बु ‘कश्मिरे पछ्रयौरी’, सम्राट दास सर्वोत्कृष्ट आधुनिक नव मोडेल पुरूष डयासपोरा, सर्वोत्कृष्ट नव मोडेल महिला सदिक्षा पाण्डे ‘विष पिउन मन लाग्छ’ गीतबाट अवार्ड पाए भने सर्वोत्कृष्ट आधुनिक गायक कर्णराज गिरी ‘लुकी लुकी’, आधुनिक गायिका सोभा पाण्डे ‘ए मन भन मलाई’,सर्वोत्कृष्ट आधुनिक संगीतकार दिपक शर्मा ‘लुकाने ठाउँनै छैन’,सर्वोत्कृष्ट आधुनिक संगीतकार जुरी अवार्ड टेक राज ओझा ‘दिल्लि आग्रा’, आधुनिक संगीतकार भुपेन्द्र बुढाथोकी ‘भाग्ये लेख्ने भगवान कँँँहाँँ छौ’,आधुनिक भिडियो मोडेल पुरूष बिक्रम बुढाथोकी ‘कस्तो थिए कस्तो भए’,आधुनिक भिडियो मोडेल महिला शिल्पा पोख्ररेल ‘पिल पिल आँसु’,सर्वोत्कृष्ट आइटम गीत मोडेल महिला मल्लिका राजोपाध्याय ‘आउसंगै झुमी नाचौ’,आधुनिक भिडियो निर्देशक रोसन दास‘आदात’,लोकपप गायक लक्षुमण श्री‘म तिम्रै डल्ले हो’,लोकपप गायक पब्लिक च्वाइस महेन्द्रराज वराल‘फुल रसैले’,टेलिचलचित्र कलाकार इन्द्र दोङ्ग लामा ‘हर्के हल्दार’, श्रृंगार विक्रम गौतम‘हगंमा’,सर्बाेत्कृष्ट भाषाभाषी पुरुष कलाकार लक्ष्मी कुमार महर्जन ‘क्या मां जी’,रोहित ढृङगाना‘क्या राम्रो नौखुवा’,सर्बाेत्कृष्ट भजन गायक चिरञ्वी भण्डारी‘राधा बिना कृण्ण आधा आधा’,सर्बाेत्कृष्ट गीतकार डयास्पोरा दिपेन्द्र खडका ‘पल पल’,सर्वाेत्कृष्ट भाषाभाषी गायीका शान्ति कुमारी शाही‘कर्णालीको छालै छ’,नवप्रतिभा यमराज थापा‘भए पनि मनभरी चोट’, सर्बाेत्कृष्ट खलपात्र सुगत करणजित‘पागल तिम्रो यादममा’, सर्बोत्कृष्ट चलचित्र गायक डेविट शंकर‘दर्शन सलाम’,सर्बोत्कृष्ट भिडियो नव मोडेल नृत्य सृष्टिना क्षेत्री‘घैलाको पानी’,बालकलाकार जेभिन जिभेश र आयुसी ढकाललाई पपुलर अवार्ड प्रदान गरिएको थियो ।
लोकदोहोरी गायक रामजी खाँड वर्षकै सर्वोत्कृष्ट अवार्ड पाउन सफल भएका छन् भने जुरी अवार्ड पाउनेहरुमा सुनिता भुजेल ‘नव पपगायक’,हुमन आचार्य, दिपिका थापा,डिआर सुजन म्युजिक भिडियो निर्देशक‘उडेको चरी’,आधुनिक मोडेल अभि सुनार, टेकराज ओझा रहेका छन् ।
कार्यक्रममा नेवारी नृत्यहरु प्रस्तुत गर्नुका साथै लोकप्रिय गायक धीरज राई, अमृत खाती लगायतको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको थियो । पाँचौ एपिक नेपाल म्युजिक अवार्डलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सूर्यविनायक नगरपालिका, गोदावरी नगरपालिका, कीर्तिपुर नगरपालिका,तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, चलचित्र विकास बोर्ड, नविल बैंक,नेपाल टेलिकम र ग्लोबल आईएम बैंकले सहकार्य गरेको थियो ।

