सिड्निमा रुचाइयो काँडेतार,नेपालमा पुनः प्रदर्शन गरिने



काठमाडौं । देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’ अष्ट्रेलियाको सिड्नीमा शनिवार सिभिक थिएटरमा विशेष प्रदर्शन सम्पन्न गरिएको छ।

यसै अवसरमा आयोजक डि.वोईज ईन्टरटेनमेन्टका सञ्चालक जीएम ठकुरी,पूर्व महाबाणिज्यदूत तथा समाजसेवी दिपक खड्का, एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष मन केसी साथै मनोज अधिकारी र सिड्निनीवासी नेपालीहरूकोतर्फबाट नेपाली चलचित्रको माध्यमबाट नेपाली समाजलाई पुर्‍याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै चलचित्रका निर्माता तथा कलाकार नवल खड्कालाई सम्मान गरिएको जीएम ठकुरीले जानकारी दिए ।

चलचित्र काँडेतार यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत भएकाले दर्शकहरूले साह्रै मुक्तकण्ठले प्रशंसा गरेको ठकुरीले बताए ।

काँडेतारमा गायिका सत्यकला राई, कार्यकारी निर्माता अन्जु केसी, माकिको राई,नादिया खड्का,सनया खड्का निर्माता रहेका छन् । नवल खड्का,सुरविना कार्की,रेविका गुरूङ,गौरव पहाडी,प्रशान्त यादव,मुरलिधर,प्रेम सुब्बा आदि कलाकारको अभिनय रहेको काँडेतारका निर्देशक स्वयं नवल खड्का हुन् । निर्माण पक्षका अनुसार काँडेतार नेपालमा पुनः प्रदर्शन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्