लिखु पिकेमा पशु पालन सम्बन्धि तालिम सम्पन्न,सिकेको ज्ञानलाई व्यवहारमा उपयोग गर्न किसानहरूलाई अध्यक्ष बस्नेतको सुझाव



केदार बस्नेत,काठमाडौ ।सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा ३ दिने भेटेनरी सम्बन्धि तालिम सम्पन्न भएको छ।

गाउँपालिकाको सभाहलमा अस्ति ७ गते बुधबारबाट सुरु भएको तालिमको आज शुक्रबार औपचारिक रुपमा समापन गरिएको हो।गाउँपालिका भित्रका कृषकहरुको स्तरलाई वृद्धि गर्ने उदेश्यले आयोजना गरिएको तालिममा ३५ भन्दा बढि किसानहरुको सहभागिता रहेको थियोे ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष मिना कार्की बस्नेतले तालिमपश्चात किसानहरुले पालेको गाई भैसीमा देखिने समस्याहरु पहिचान गर्न सहज भएको बताउँनुभयो।तालिमले अर्थोपार्जनको कामलाई थप सहज बनाउँनेमा आफू विश्वत रहेको अध्यक्ष बस्नेतको भनाई थियो ।कृषिप्रधान मुलुकमा किसानहरुले पनि कृषिमा नै प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।

अध्यक्ष बस्नेतले किसानको आवश्यकताको आधारमा यस्ता तालिमहरु भोलिका दिनहरुमा पनि हुन सक्ने विश्वास दिलाउँनुभयो।तालिममा सिकेको ज्ञान र सीपलाई व्यवहारमा उपयोग गर्न अध्यक्ष बस्नेतले किसानहरुलाई सुझावसमेत दिनुभएको प्रमुख स्वकीय सचिव एवं कांग्रेस नेता लोकेन्द्र बस्नेतले जानकारी दिनुभयो।

तालिममा सहभागी कृषक हरिबहादुर बस्नेतले पशुपालन गर्न तालिमले सहजता प्रदान गरेको बताउँनुभयो।त्यस्तै अर्का कृषक प्रकाश बस्नेतले यो तालिमले क्षमता अभिवृद्धि र पशुपालन गर्न सहजता भएकाले अध्यक्ष बस्नेत तथा पालिकाका सम्पुर्ण जनप्रतिनिधिहरुलाई धन्यवाद प्रकट गर्नुभयो।तालिमले नयाँ रणनीतिका साथ अगाडि बढ्दा अर्थोपार्जन गर्न सहज वातावरण सिर्जना गर्नेमा आफू ढुक्क रहेको बताउँनुभयो।

समापन कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा उपाध्यक्ष ङवाङ लाक्पा शेर्पा अन्य जनप्रतिनिधिहरु पालिका अन्तर्गतका कर्मचारीहरु तथा सरोकारवालाहरुको उपस्थिति रहेको स्वकीय सचिव बस्नेतले जानकारी दिनुभयो।तालिमको सहकार्य जिल्ला भेटनरी अस्पताल सोलुखुम्बुले गरेको थियो।

प्रतिक्रिया दिनुहोस्