क्यान इन्फोटेकमा रहेको `यात्रु´पुर्वमन्त्री केसीद्वारा अवलोकन



केदार बस्नेत,काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता,केन्द्रिय सदस्य एवं पुर्वमन्त्री बलबहादुर केसीले भृकुटीमण्डपमा रहेको क्यान इन्फोटेकको प्रदर्शनमा राखिएको यात्रु एपको अवलोकन गर्नुभएको छ।

प्रदर्शनीमा रहेको विविध एपहरु अवलोकन गर्दै पुर्वमन्त्री केसीले प्राविधिक युगको विकासले थप फड्को मार्दै गएको धारणा राख्नुभयो।केसीले नागरिकहरुको मनमा यात्रु एप विश्वसनीय हुनेमा आफू विश्वस्त रहेको धारणा राख्नुभयो।

पुर्वमन्त्री केसीलाई प्रदर्शनीमा राखिएको यात्रु एपको उपयोगीता र विशेषताबारे नारायणप्रसाद अधिकारीले जानकारी गराउँनुभएको थियो ।पुर्वमन्त्री केसीसँग लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य वेदप्रसाद वन नेपाल विद्यार्थी संघ सोलुखुम्बुका अध्यक्ष बिभुषण राईपनि सहभागी थिए।

माघ २४ देखि सुरु भएको क्यान इन्फोटेकमा रहेको प्रदर्शनी आज समापन हुँदैछ।उक्त एप डी-३५ मा राखिएको छ।उक्त एपको थप विशेषताबारे यात्रुको क्यु आरलाई स्क्यान गरि अन्लाईन फर्म भरेर थप विशेषता थाहा पाउन सकिन्छ।

अप्ठ्यारोमा परेका नागरिकहरुलाई पारदर्शी सेवा प्रदान गर्न यात्रु एप निर्माण गरिएको अधिकारीले बताउनुभएको छ।बीमा र भरपर्दो यात्राको लागी उक्त एपमा जोडिन अधिकारीले अनुरोध गर्नुभयो।

हिजो आईतवार राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पनि यात्रुको इस्टलमा भ्रमण गर्नुभएको थियो ।यात्रु एपलाई बधाई तथा सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्