नेपाल निजामती कर्मचारी युनियन सोलुखुम्बुको अध्यक्षमा ढुंगाना, १९ सदस्यीय कार्यसमिति चयन
सोलुखुम्बु । नेपाल निजामती कर्मचारी युनियन सोलुखुम्बुको अध्यक्षमा केशव ढुङ्गाना सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार सदरमुकाम सल्लेरीमा सम्पन्न संघको नवौं अधिबेशनले अध्यक्षमा ढुंगानासहित अन्य पदाधिकारी तथा सदस्यहरु सर्बसम्मत चयन गरेको हो।१९ सदस्यीय कार्यसमितिमा भीम प्रसाद भट्टराई उपाध्यक्ष, गायत्रा शर्मा महिला उपाध्यक्ष, तेज बहादुर कटुवाल समावेशी उपाध्यक्ष,जीवन पाण्डे सचिव,निशान बस्नेत,सहसचिव र भक्तिविलास पोखरेल कोषाध्यक्षमा निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ ।
यसैगरी सदस्यहरुमा विनोद कोइराला,टेक बहादुर बस्नेत,सलिना लामिछाने,सुष्मा रिमाल,अर्जुन काजी बस्नेत,भीम राज राई,रुबिना राई,सजिना तामाङ ,टेक नारायण नाछिरिङ र बिनाकुमारी विक निर्बाचित भएका छन् ।
केन्द्रीय प्रतिनिधिमा दिनेश कुमार राई,चेतनाथ कट्टेल र ध्रुवधन राई,प्रदेश प्रतिनिधिको लागि कमला तामाङ,उमेश कुमार महतो र भीम बहादुर बस्नेत चयन भएको नवनिर्बाचित अध्यक्ष ढुंगानाले जानकारी दिए।
अधिबेशनको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति एबम् सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गरेका थिए।
कार्यसमितिका निबर्तमान अध्यक्ष दिनेशकुमार राईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा संघका केन्द्रीय सदस्य अमृता कार्कि नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा सोलुदुधकुण्ड नगर उपप्रमुख गान्धीमाया तामाङ,नेपाली कांग्रेस सोलुदुधकुण्ड नगर सभापति सोनाम ग्याल्जेन शेर्पा, नगर प्रबक्ता फुर्बा ग्याल्जेन शेर्पा लगायतको उपस्थिति रहेको थियो।

