अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्समा कास्य पदक जितेका बस्नेत सम्मानित



केदार बस्नेत,काठमाडौं।बंगलादेशको ढाकामा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक बिजेता पुकारजंग बस्नेतलाई सम्मानित गरिएको छ।

माघ १५ र १६ गते सम्पन्न प्रतियोगितामा कास्य पदक प्राप्त गर्न सफल बस्नेतलाई नेपाल विद्यार्थी संघ सोलुखुम्बुका तर्फबाट सम्मानित गरिएको कार्यबाहक अध्यक्ष मोहनकृष्ण निरौलाले जानकारी दिए।

सोलुखुम्बुको नेचासल्यान निबासी बस्नेत्लाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पा,नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापा,भूमि आयोग सोलुखुम्बुका अध्यक्ष नातिकाजी गुरुङ लगायतले खादा ओढाएर सम्मानित गरेको निरौलाले बताए।

सो प्रतियोगिताना नेपाली खेलाडीहरुले १ स्वर्ण,२ रजत र ३ कांस्य पदक प्राप्त गरेका थिए।पुरुषतर्फ बस्नेतसहित शैलेश श्रेष्ठ, सन्तबहादुर दराईं तथा महिलामा निशा घर्ती र अस्मिता भुजेलले प्रतिस्पर्धामा पदक प्राप्त गरेका थिए।

सो टोली शुक्रबार स्वदेश फर्किएको हो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुवर्ण श्रेष्ठ र जनकसिंह धामी, एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीलगायतले टोलीलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्