बीकेएसपी एथलेटिक्स:अस्मिताले स्वर्ण जित्दा पुकारले जिते काँस्य



केदार बस्नेत,काठमाडौँ :यु-१८ उमेर समुहका छात्र,छात्राबीच बंगलादेशमा प्रतिस्पर्धा भैरहेको छैटौं आमन्त्रण बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडीले आज बुधबार एक स्वर्ण र एक काँस्य पदक जितेका छन् ।

उक्त प्रतियोगितामा छात्रतर्फ सोलुखुम्बुका पुकारजंग बस्नेतले १५०० मिटर दौडमा तेस्रो हुँदै काँस्य जितेका हुन् ।सोही विधाअन्तर्गत छात्रातर्फ पहिलो हुँदै नेपालकी खेलाडी अस्मिता भुजेलले स्वर्ण पदक जितेकी छ्न्।

हिजो मंगलबार भएको खेलमा छात्रतर्फ ११० मिटर हर्डल्समा शैलेश श्रेष्ठले रजत दिलाएका थिए । छात्रा ८०० मिटर दौडमा अस्मिता भुजेलले काँस्य र लङजम्पमा निशा घर्तीले पनि काँस्य जितेका थिए । अस्मिता, निशा, शैलेश र सन्त कुमार दराईसम्मिलित नेपाली टिमले चार गुणा ४ सय मिटर मिक्स रिलेमा काँस्य जितेका थिए ।

बीकेएसपी एथलेटिक्समा च्याम्पियनसिपमा नेपालबाट सोलुखुम्बुका पुकारजंग बस्नेत सहित निशा घर्ती,अस्मिता भुजेल,शैलेश श्रेष्ठ,शन्तबहादुर दराईली र मनिष लम्सालगरि ६ जना खेलाडीले भाग लिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बताएका छन्।

उक्त प्रतियोगितामा भाग लिन नेपाली खेलाडी र राखेप प्रतिनिधि अस्ति सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।खेल हिजो(जनवरी -२८)र आज(जनवरी-२९)गरि दुई दिन सञ्चालन हुने बुझिएको छ।

च्याम्पियनसिपको पाँचौं संस्करणमा नेपाली खेलाडी विश्वराम कुँवर र सीमा श्रेष्ठले नेपाललाई काँस्य दिलाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्