हिउँदे अधिवेशनको तयारीका लागि आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै



काठमाडौँ । हिउँदे अधिवेशनको तयारीका लागि आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ।

माघ १८ गतेदेखि शुरू हुने हिउँदे अधिवेशनको तयारीका लागि सभामुख देवराज घिमिरेले आज दिउँसो १ बजे सिंहदरवारमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।आजै विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

हिजो प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गरिएको थियो । सोअघि सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले त्यसपछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए ।

हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीसँगै दलहरुका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। file foto

प्रतिक्रिया दिनुहोस्