श्रीमती र दाईको हत्या अभियोगमा छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ



काठमाडौं।आफ्‌नै श्रीमती २३ वर्षीया संगिता ठाकुरको हत्या गरेको अभियोगमा धनुषाबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका-५ पर्वता टोल बस्ने २५ वर्षीय देवलाल ठाकुर छन्।देवलालले गजबार प्रहार गर्दा संगिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनुषाधाम र प्रहरी चौकी उमाप्रेमपुरबाट खटिएको प्रहरी टोलीले उनलाई गए राती पक्राउ गरेको हो।

उता कैलाली आफ्‌नै दाई ३५ वर्षीय लाल बहादुर बोहराको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-१७ धुर्जन्ना दपिनगर टोल बस्ने ३० वर्षीय प्रकाश बोहरालाई गए राती प्रहरीले पक्राउ गरेको छ। प्रकाशले बिबादको क्रममा कैंची प्रहार गर्दा गम्भीर घाइते भएका लाल बहादुरको नसिग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्