ओखलढुङ्गा सेवा समाजले कोरियान नयाँ बर्षको अवसरमा ‘ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट’आयोजना गर्ने



दावा जाङ्बु शेर्पा,काठमाडौं।कोरियन नयाँ वर्ष सलनालको अवसरमा ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाले जनवरी २९  तारिखमा ‘ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट’को आयोजना गर्ने भएको छ।

पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वय तथा पूर्वी नेपाल समाज अन्तर्गतका संस्थाहरूको सहकार्यमा सलनालको दोस्रो दिन जनवरी २९ तारिखमा’ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट’आयोजना गर्न लागिएको हो।

इभेन्टमा चर्चित गायिका आस्था राउत,डिजे रमेश र स्थानीय कलाकारहरु मुस्कान मुकारुङ,दिनेश नाच छिरिङ राइको बेजोड प्रस्तुति रहने आयोजकको भनाई छ।

कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर हाल तिव्र रुपमा अघि बढिरहेको‌ जनाउँदै समाजका अध्यक्ष केशव श्रेष्ठले
यसलाई सफल बनाउन सहयोग गर्न कोरियामा रहेका सम्पूर्ण नेपाली हरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्