नेपाल राष्ट्रिय शिक्षक संगठन नेचासल्यानको अध्यक्षमा बास्तोला सर्बसम्मत
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेपाल राष्ट्रिय शिक्षक संगठन नेचासल्यान गाउँपालिका स्थानीय समितिको अध्यक्षमा छबिलाल बास्तोला सर्बसम्मत निर्बाचित हुनुभएको छ ।

शनिबार सम्पन्न समितिको तेस्रो अधिबेशनले बास्तोलाको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन गरेको हो।नेचासल्यान स्थानीय कार्यसमितिमा बास्तोलाको यो दोश्रो कार्यकाल हो।यस अघि उनी पहिलो अधिबेशनबाट पनि सर्बसम्मत अध्यक्ष निर्बाचित भएका थिए।
नव निर्बाचित समितिको उपाध्यक्षद्वयमा अम्बिका राई र प्रभुराम राई, सचिवमा निरज कटेल, काेषाध्याक्षमा मनिता राई, सहसचिवमा उर्मिलादेवि शर्मा र सह काेषाध्यक्षमा गुणा शर्मा भट्टराई रहेका छन्।
यसैगरी,सदस्यहरुमा रविना बास्ताेला,पुटक भट्टराई,ताेयानाथ कटेल,बालाधन राई,उदयराज राई, रीता शर्मा, यत्न कुमारी कटेल ,आङडिकी राई र सेवा निवृत सदस्य शिव प्रसाद बास्ताेला निर्बाचित भएका छन्।अधिवेशन प्रतिनिधि सदस्यहरुमा प्रेमप्रसाद कटेल र दुर्गाप्रसाद आचार्य चयन भएको निर्बाचन समितिले जनाएको छ।
नेचासल्यान वडा नं ४ स्थित चेतना बिस्तार युवा समाजको हलमा सम्पन्न अधिबेशनको उद्घाटन प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन कोशी प्रदेशका सदस्य किशोर पौडेलले गरेका थिए।
उद्घाटन सत्रमा कार्यक्रमका बिशिस्ट अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बुका अध्यक्ष टंक दाहाल,अर्का बिशिस्ट अतिथि डा.थोमस बास्तोला,नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी सचिवालय सदस्य एबम् प्रदेश निर्बाचन क्षेत्र ‘क’ का संयोजक धर्मध्वज खत्री,नेपाल राष्ट्रिय बुद्धिजीवी परिषद कोशी प्रदेश कमिटी सदस्य एबम् नव निर्बाचित स्थानीय समिति अध्यक्ष छबिलाल बास्तोला,नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटी अध्यक्ष ओम प्रसाद बास्तोला लगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।
उद्घाटन सत्रमा स्वागत मन्तव्य स्थानीय समिति उपाध्यक्ष अम्बिका राईले स्वागत मन्तव्य,सञ्चालन सचिब पेशल बास्तोला र सभापतितब अध्यक्ष छत्र राईले गरेका थिए।

