आकाश र बिनालाई ‘पिर पर्यो’
काठमाडौं । रमेश कुमार श्रेष्ठको शब्द,अलिस कार्कीको संगीत,समिक्षा अधिकारी र महेन्द्र बिष्टको स्वरमा‘पिर पर्यो’ बोलको आधुनिक गीतको म्युजिक भिडियो कलाकार,निर्माता तथा निर्देशक ईश्वर थापाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

भिडियोमा नायक आकाश श्रेष्ठ र अहिलेकी चर्चित मोडल बिना राउतले अभिनय गरेका छन् भने भिडियोलाई मिस्टर काजिले निर्देशन गरेका हुन् । छायांकन जितु तामाङ्ग, मेकअप मन्दिर दोङ्ग, कोरियोग्राफर लाक्पा दोर्जी तामाङ्ग,व्यवस्थापक रबि भुजेल, आर्ट बिजय दोङ्ग, पोस्ट स्टुडियो ब्राईटलाइट पिक्चर्स रहेको छ ।

