सोलु कांग्रेसका पाँच नेता कोसी प्रदेश समिति अन्तर्गतका विभिन्न बिभागमा मनोनीत



सोलुखुम्बु।कोशी प्रदेश समिति अन्तर्गत रहेका विभिन्न बिभागमा सोलुखुम्बुबाट पाँच नेतालाई मनोनयन गरिएको छ।

नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्दब थापाले दिप राई( सोताङ),राम बहादुर राउत (नेचासल्यान),द्वारिका बस्नेत (सोताङ),गेल्बु शेर्पा(सोलु दुधकुण्ड नगरपालिका) र शुभधन राई – (महाकुलुङ)लाई पार्टीको प्रदेश समिति अन्तर्गत रहेका विभिन्न बिभागको सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेस कोशी प्रदेश समितिले जनाएको छ।

मनोनीत भएका राईलाई वन वातावरण तथा बिपद ब्यबस्थापन बिभाग,राउतलाई प्रदेश तथा स्थानीय निकाय बिभाग,द्वारिकालाई भाषा ,साहित्य ,कला तथा संस्कृति बिभाग,शेर्पालाई भातृ संघ समन्वय बिभाग र राईलाई वन वातावरण तथा बिपद ब्यबस्थापन बिभाग सदस्यको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्