रास्वपाको बिरोध प्रदर्शन : बालुवाटारबाट नेता कर्याकर्ता पक्राउ
काठमाडौं।पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपाले बालुवाटारमा तय गरेको प्रदर्शनको सुरुवातमै प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रधानमन्त्री निवास नजिकै गरिएको विरोध प्रदर्शनमा नेपाल हाउस अगाडिबाट हस्तक्षेप गर्दै प्रहरीले केही नेता कार्तकर्तालाई नियन्त्रणमा लिएको हो । रास्वपाले आज १२ बजेबाट बालुवाटारमा विरोध कार्यक्रमको तय गरकेो थियो । सोक्रममा नेता कार्यकर्ता भेला हुँदै गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन, सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जनालाई नियन्त्रणमा लागि रास्वपाले जनाएको छ ।
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको भन्दै भर्त्सना गरेका छन् ।
सभापति लामिछानेलाई षड्यन्त्रपूर्वक गिरफ्तारी गरिएकाले त्यसको विरोधमा सडकमा आएको रास्वपाको भनाइ छ।

