साहस उर्जा लिमिटेडको अध्यक्षमा पाठक सर्बसम्मत



काठमाडौं । साहस ऊर्जा लिमिटेडको अध्यक्षमा हिमप्रसाद पाठक सर्वसम्मत रूपमा चयन भएका छन् ।

कम्पनीको कात्तिक ४ गते सम्पन्न भएको वार्षिक साधारणसभाले गठन गरेको सञ्चालक समितिले पाठकलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

सञ्चालक समितिका जेष्ठ सदस्य मुक्तिराम पाण्डेको अध्यक्षतामा बुधबार बसेको बैठकले पाठकलाई अध्यक्ष बनाएको हो ।

कम्पनीको कात्तिक ४ गते सम्पन्न वार्षिक साधारणसभाबाट हिेमप्रसाद पाठक,शुसिल थापा,मुक्तिराम पाण्डे,महेन्द्र कुमार गिरी,आङगेलु शेर्पा,गरिमा अधिकारी र विभूती ओझा सञ्चालक समिति सदस्य निर्बाचित भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्