एसिया प्यासिफिक ट्रेल रनिङमा प्रतिस्पर्धा गर्न ६ नेपाली खेलाडी कोरिया प्रस्थान
काठमाडौं । दक्षिण कोरियामा हुने आईटीआरए एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न ६ नेपाली अल्ट्रा धावक कोरिया प्रस्थान गरेका छन्।

नेपालबाट रशिला तामाङ, प्रिया राई, मनकुमार मगर, तिलक सुनार, गोपाल तामाङ लामा र तीर्थ तामाङ प्रतिस्पर्धाका लागि मंगलबार कोरिया प्रस्थान गरेका हुन् ।च्याम्पियनसिपमा रशिला, मनकुमार, गोपाल र तिर्थले ८० किमि दौडमा प्रतिस्पर्धा गर्नेछन् भने प्रिया र तिलकले ४० किमी रेस दौडनेछन् ।
पोखरा ट्रेल रेस सिरिज र कर्णाली स्पोर्ट्स क्लबले खेलाडीहरुलाई कोरिया पठाउनका लागि व्यवस्थापनको काम गरेको थियो ।नेपाली टोलीलाई हङकङमा रहेको एचके १०० प्रायोजन गरेको छ । एचके१०० ले खेलाडीको टिकटको प्रायोजन गरेको छ ।
आईटीआरएले पहिलो पटक एसिया प्यासिफिक ट्रेल रनिङ आयोजना गर्न लागेको हो । च्याम्पियनसिप यही अक्टोबर २३ देखि २७ सम्म हुनेछ । च्याम्पियनसिपमा २५ देशका करिब ४०० धावकले भाग लिने अपेक्षा छ ।

