शेर्पा संघ अमेरिकाको चाैथो महाधिबेशनको तयारी पूरा



दावा जाङ्बु शेर्पा,काठमाडौं।शेर्पा संघ अमेरिकाको चाैथो महाधिबेशनको तयारी पूरा भएको छ। अक्टोबर २० अर्थात आइतबार शेर्पा किदुग न्युयोर्कको हलमा हुने महाधिवेशनको तयारी पूरा भएको शेर्पा संघ अमेरिका अध्यक्ष पासाङ दोर्जी एपि शेर्पाले जानकारी दिए।

शेर्पा संघ अमेरिकामा फाइभवानसि फोरको मान्यता प्राप्त सामाजिक संस्था हो ।संघले नेपालमा विभिन्न समयमा दैवीप्रकोपमा परी दु:ख पाएका नेपालीहरुलाई मानवीय सहयोग गर्नुका साथै नेपाल शेर्पा संघ केन्द्रको विविध गतिविधिहरुमा हातेमालो गर्दै आएको छ ।

अमेरिकामा मुलधारको राजनीतिमा लाग्ने युवाहरुलाई प्रोत्साहण दिँदै आएको संघले पछिल्लो समय न्युयोर्कसिटीमा हुने विभिन्न तहको निर्वाचनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने गरेको उनले बताए।

शेर्पा संघ अमेरिकाको महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ।त्यसका लागि निर्वाचन समिति गठन गरिएको संघले जनाएको छ।
अधिबेशनको मिति तोकिएसंगै सदस्यता बितरण कार्य
बन्द गरिएको र महाधिबेसनपछि पुन:सदस्यता खुल्ला गरिने
संघका महासचिव छिरिङ शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्