बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक सुरु,गुहमन्त्री लेखकपनि सहभागी



केदार बस्नेत,काठमाडौंः प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा सुरु भएको छ ।

बैठकमा सतारुढ दल नेपाली कांग्रेसका सभापति तथा पुर्व पूधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व पूधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी छन् ।

बैठकमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्