जम्मु कश्मीरको मुख्यमन्त्री बने उमर अब्दुल्ला



काठमाडौंःनेशनल कन्फ्रेन्स पार्टी (एनसीपी) का नेता उमर अब्दुल्ला जम्मू कश्मीरको मुख्यमन्त्री बनेका छन् ।

उनले बुधबार आज मुख्यमन्त्रीको शपथ लिएका हुन् ।हालै सम्पन्न विधानसभा निर्वाचनमा एनसीपी(कांग्रेस गठबन्धन)ले बहुमत पाएको थियो ।

९० सदस्यीय विधानसभामा एनसीपीको एक्लैले ४२ सिट जितेको छ भने गठबन्धनको अर्को दल कांग्रेसेले ६ सिट जितेको छ ।

कम्युनिस्ट पार्टी अफ इण्डिया, आम आद्मी पार्टीका साथै स्वतन्त्र सांसदहरुको समेत अब्दुल्लालाई समर्थन रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्