टाप्टिङमा वडास्तरीय भलिबल प्रतियोगिता र नि:शुल्क आँखा शिविर सञ्चालन गरिने



दावा जाङ्बु शेर्पा,सोलुखम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं-१० टाप्टिङमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ ।

स्वर्गिय देण्डी शेर्पाको स्मृतिमा वडा नं-१० टाप्टिङ र सेभेन समिट फाउण्डेसनको संयुक्त आयोजनामा खाम्दिङ विद्यालयमा कार्तिक २२ गतेदेखि २५ गतेसम्म प्रतियोगिता आयोजना गरिने अध्यक्ष होमबहादुर मगरले जानकारी दिनु भयो।

वहाँका अनुसार प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः १ लाख ५ रुपैयाँ, ७७ हजार, ५३ हजार र २७ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिने छ।

यस्तै,उत्कृष्ट प्रशिक्षकलाई ३ हजार, सार्वोकृष्ट खेलाडी,उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सर्भरलाई नगद २५ सयको साथमा मेडल प्रमाणपत्र प्रदान गरिने वडाले जनाएको छ ।

यसैगरी, वाङछु शेर्पा प्राथमिक अस्पताल खाम्दिङमा कार्तिक २४ र २५ गते नि:शुल्क आँखा तथा दन्त शिविरको आयोजना गरिएको पनि अध्यक्ष मगरले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्