राप्रपा अध्यक्ष लिङ्देन एजेन्डाबाट विमुख भएको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन एकलौटी गर्दै एजेण्डाबाट विमुख भएको चर्चा सतहमा आएको छ । गणतन्त्र बलियो बनाउन प्रचण्ड सरकारमा गएको देखि राप्रपालाई कार्यक्रमशून्य बनाएको टीप्पणी छ ।

राजेन्द्रको विश्वविद्यालयमा एजेण्डा बिर्सिने, विधान मिच्ने, स्वेच्छाचारी भएर लाखौं कार्यकर्ताको भविष्य अन्धकारमय बनाउने कार्य भएको भन्दै युवाहरु जुर्मुराउन थालेका छन् ।
अनियमित काम भ्रष्टाचार हो, अध्यक्षको कार्यशैली आमाको रगत खानु सरह भएको छ भन्ने निष्कर्षको आधारमा राप्रपालाई सही बाटोमा फर्काउन देशभरीका राप्रपा कार्यकर्ता अघि सरेका छन् ।
राप्रपाका युवा अभियन्ता मनिस शर्माले राप्रपा नेतृत्व “एजेन्डा बाट बिमुख” भएको भनेर सामाजिक संजालमा पार्टी हितमा लेख्छन् ।
१. महिनौंको तयारी गरेर आखिर एक दिने जनप्रदर्शनको नाममा आन्दोलनका कार्यक्रमहरु पन्छाउने ।
२. धरानमा गाइ गोरु काटिदा सदन र सडकमा दबाबमूलक कार्यक्रम संचालन गर्न नसक्नु । सदन केही दिन अवरुद्ध गर्नुपर्नेमा सामान्य विरोध मन्तव्य पनि नराख्नु ।
३. प्रदेश संरचनाको विरोध गर्नु तर पाइहाले सभामुख मात्र हैन सरकार नै बनाउन सहयोग गर्नु ।
४. गणतन्त्र बलियो बनाउन प्रचण्ड सरकारमा सहयोग तथा सहभागी हुनु ।
५. सरकारमा नलैजादा नोटिस नोटिस भनेर संसदमा रोइलो गर्नु ।
६. संगठन बनाउन र हिन्दुअधिराज्य पुनःस्थापना गर्न कार्यक्रम नदिनु ।
७. राप्रपालाई कार्ययोजना शून्यको अवस्थामा लैजानु ।
८. नेतृत्वमा न्यूनतम इमान्दारी नहुँदा सबैजसो पार्टी अलोकप्रिय हुँदा राप्रपाको एजेण्डा पपुलर हुँदा पनि राप्रपा जनतामाझ आकर्षण बन्न नसक्नु

