रोमानियामा स्क्वास खेलमार्फत आफुलाई स्थापित गर्दै लामाद्व्य



दावा शेर्पा,स्क्वास खेललाई कहिलेकाहीँ स्क्वास र्‍याकेट पनि भनिन्छ। एउटा सानो खोक्रो रबरको बलको साथ चार पर्खालको कोर्टमा दुई (एकल) वा चार खेलाडीहरू (डबल) द्वारा खेलिने र्‍याकेट र बलद्धरा खेलिने खेललाई स्क्वास भनिन्छ ।

यो खेलमा खेलाडीहरूले वैकल्पिक रूपमा बललाई आफ्नो र्‍याकेटले कोर्टको चार पर्खालको खेल्न सकिने सर्तहरूमा प्रहार गर्छन्। खेलको उद्देश्य भनेको बललाई यस्तो तरिकाले हिट गर्नु हो कि विपक्षीले त्यस बललाई फिर्ता गर्न सक्षम नहोस् । विश्वभर १८५ भन्दा बढी देशहरूमा नियमित रूपमा स्क्वास खेल खेल्ने करिब २० करोड मानिसहरु छन् ।

स्क्वास खेल,विश्व स्क्वास महासंघ (WSF), अन्तर्राष्ट्रिय ओलम्पिक समिति (IOC) द्वारा मान्यता प्राप्त छ र यो खेललाई पनि लस एन्जलसमा 2028 सुरु हुने ग्रीष्मकालीन ओलम्पिकमा समावेश गरिनेछ । त्यसका लागि प्रोफेसनल स्क्वास एसोसिएसन (PSA) ले प्रो-टुरको आयोजना गर्ने छ । यो खेल युरोपियन मुलुकहरुमा ज्यादै प्रख्यात खेलको रुपमा लिइन्छ यस खेलमा नेपालका दुई बालक हरु १४ बर्षाका मिङमार नुरु लामा र ११ बर्षाका दावा ग्याल्जेन लामाले पनि युरोपियन मुलुक रोमानियाबाट खेल्दै आइरहेका छन्।

उनीहरुले आफ्न अअभिभावकको साथमा त्यस देशमा रहंदा यस खेलको प्रशिक्षण लिने अवसर पाएका थिए। प्रशिक्षण लिएको छोटो समय पश्चात् उनीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नुका साथै विभिन्न प्रतिस्पर्धाहरुमा पहिलो र दोस्रो उपाधिसहित पदक समेत हात पार्न सफल भएका छ्न।उनीहरु को यो खेलप्रतिको लगाव र मेहनतले गर्दा नै रोमानियाको नेसनल स्क्वास क्लब Frderatia Romana de Sauash ( FRS ) ले आफ्नो क्लबमा समाबेश गरेर युरोपका विभिन्न मुलुकहरुमा आयोजना हुने खेलहरुमा खेल्ने अवसर प्रदान गर्दै आएको छ।

उनीहरुले हालसम्म पोल्याण्ड,ग्रीस,बुल्गेरिया,क्रोएसिया, इटाली लगायत मुलुकहरुमा आयोजना भएका खेलमा प्रतिस्पर्धा गरिसकेका छन्खे।गत अप्रिलमा बुल्गेरियामा सम्पन्न भएको जुनियर ओपन 2024 को खेल प्रतिस्पर्धामा मिङमार नुरु लामाले तेस्रो स्थानको पदक जित्न सफल भएका छ्न। उनीहरुले विभिन्न उमेर समुह अन्तर्गतका खेलहरुमा र प्रो-खेलमा प्रतिस्पर्धा गरिसकेका छन्। यो

खेलका लागि अन्य विभिन्न मुलुकमा आयोजना हुने खेलहरुमा भाग लिनका लागि ठुलो मेहनत गर्नुपर्ने हुन्छ। धेरै खेलाडीहरुबाट छानिएका उत्कृष्ट खेलाडीहरुले मात्र खेल्ने अवसर पाउने हुनाले यसका लागि उनीहरू निकै मेहनत गरिरहेका छन्।आफ्नो देश नेपालको नाम लिएर विभिन्न मुकुकमा प्रतिस्पर्धा गर्ने आफुहरुको चाहना रहेको उनीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्